धनगढी। धनगढी उपमहानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् ।धनगढी उपमहानगरपालिकामा ३१५३ मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्। ३१५३ मतगणना हुँदा हमालले १ हजार४७२ मत पाएका छन्।
यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८६३ नेकपा एमालेका रणबहादुर चन्दले १५४ मत पाएका छन्। यस्तै, उपमेयरमा गठबन्धनबाट माओवादी उम्मेदवार शान्ति अधिकारी (माओवादी) ७३८,कन्दकला राना(एमाले) : ४११, तथा स्वतन्त्र उम्मेदवार ५११ मत प्राप्त गरेका छन् । शनिवार दिउसो साढे १२ बजेबाट सुरु भएको मतगणना जारी छ ।थप तथ्याङ्क हेर्नुहोस