कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। वडा नम्बर १ को १ हजार ३ सय २६ मत गणना गर्दा कांग्रेस उम्मेदवार हेमराज ओझाले ४ सय ७१ मत प्राप्त गरेका छन्।
Advertisement



उनलाई पछ्याउँदै एमालेका लोकेन्द्र पन्तले ४ सय ३२ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका जोगराज चौधरीले २ सय २९ मत प्राप्त गरेका छन्। उपमेयरमा कांग्रेस उम्मेदवार द्रोपती रानाले ४ सय ५६ मत प्राप्त गरेकी छन्। एमाले उम्मेदवार रमिता रानाले ३ सय ८८ मत र माओवादी उम्मेदवार गीता मल्लले २ सय ४७ मत प्राप्त गरेका छन्। एकृकित समाजबादीकी मञ्जु नेपालीले ४४ मत प्राप्त गरेकी छिन् ।
Advertisement
