कैलाली। कैलालीको बर्दगोरिया गाउँपलिकामा नेकपा एमालेका उम्मेदवार कर्ण कुँवरले अग्रता कायम राखेका छन्। चार सय मत गणना हुँदा नेकपा एमालेका कर्ण कुवरले १९६ मत पाएका छन् भने ९१ मतसहित नेपाली काँग्रेसका शेर बहादुर कठरियाले उनलाई पच्छ्याइरहेका छन् । बर्दगोरियामा सत्तारुढ गठबन्धनबीच तालमेल गरिएको छ ।
Advertisement



यसैगरी राप्रपाका नवीन जोशीले १३ र नागरिक उन्मुक्ति पार्टीले ३८ मत पाएका छन् । बर्दगोरियाको उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन् । बर्दगोरिया गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकातर्फबाट उपाध्यक्ष उम्मेदवार गणेशराज गिरीले १५४, नेकपा एमालेकी ईन्दु कठरिया ११९ र राप्रपाका उम्मेदवार कर्मा सिंहले २३ मत पाएका छन् ।
Advertisement
