धनगढी। धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् । १५३ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ७७ मत प्राप्त गर्दै अग्रता बनाएका छन् ।
अहिले मेयरपदमा नृपबहादुर वड (गठबन्धन कांग्रेस) ३५मत , रणबहादुर चन्द (एमाले) ५ प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा गठबन्धनबाट माओवादी उम्मेदवार शान्ति अधिकारीले ४८ तथा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३१ मत प्राप्त गरेका छन् । एमालेकी कन्दकला रानाले १७ मत प्राप्त गरेकी छन् , राप्रपा ८ मत भएका छन्। भने बदरमत संख्या ३६ रहेको छ।