अछाम। रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ।
रामारोशन गाउँपालिका १ को अध्यक्षमा साउद विजयी भएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए । साउदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस र नेकपा एकीकृत समाजवादी गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा एमालेले ३ सय ८० मत प्राप्त गरेका छन् । उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि नेकपा (माओवादी केन्द्र) ५ सय १० र उपाध्यक्षमा ४ सय ५९ मत ल्याएर अग्रता कायम गरेको छ ।