धनगढी। धनगढीमा साढे १२ बजेदेखि मतगणना सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको मतगणना उपमहानगरपालिकाको कार्यालय परिसरभित्रको नयाँ भवनमा भोली मतगणना सुरु भएको निर्वाचन आयोगको कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिएका छन्।
अहिले साढे १२ बजेदेखि मतगणना धनगढी उपमहानगरपालिका अन्तरगतका सम्पूर्ण उम्मेदवारहरुको निर्वाचनका लागि भएको मतदानको मतगणना उक्त भवनमा हुने जनाएको छ। तीन वटा सभा हलमा सीसी क्यामेराको निगरानीमा मतगणना हुने निर्वाचन आयोगको कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए।साथै उनले मतगणनास्थल वरीपरी हातहतियार नल्याउन अनुरोध गर्दैउक्त कार्य गरेमा कानुनी कावार्ही गरिने जानकारी दिएका छन् ।