धनगढी। धनगढीमा मतगणना माग गर्दै रातभर तनाव भएको छ। धनगढी उपमहानगरपालिकाको मतगणना राति देखी नै गर्नुपर्ने भन्दै युवाहरूको समूहले माग गर्दै राती १२ बजे नाराबाजी गरेका थिए ।
सो क्रममा धनगढी उप-महानगरको मतगणना गर्ने स्थलमा तनाव ग्रस्त भएको हो। त्यसपछि धनगढी उपमहानगरपालिकामा मतगणना गर्न माग गर्ने युवाहरूमाथि प्रहरीले लाठी चार्ज गरेको छ।
युवाहरूको समूहले मतगणना गर्न यथाशीघ्र थालनी गर्न माग गर्दै १२ बजे रातीदेखि नै नाराबाजी गरेका थिए।मतपेटिका संकलनमा समय लाग्ने भन्दै आज विहान साढे ७ बजे सर्वदलीय बैठक बसेर ११ बजेदेखि मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिएका छन् ।