कैलाली। धनगढीको मतगणना धनगढी उपमहानगरपालिकाको नयाँ भवनमा हुने भएको छ। भोली (वैशाख ३०गते ) हुने स्थानीय तह निर्वाचनको मतगणना धनगढी उपमहानगरपालिकाको नयाँ भवनमा हुने जनाइएको हो।
मुख्य निर्वाचनको कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका अन्तरगतका सम्पूर्ण उम्मेदवारहरुको निर्वाचनका लागि भएको मतदानको मतगणना उक्त भवनमा हुने जनाएको छ। मतदान सकिएपछि मतपेटिका प्राप्त भएसँगै उपमहानगरपालिकाको कार्यालय परिसरभित्रको नयाँ भवनमा मतगणना हुनेछ। तीन वटा सभा हलमा सीसी क्यामेराको निगरानीमा मतगणना हुने निर्वाचन आयोगको कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिएका छन्।