धनगढी। धनगढी उपमहानगरपालिका १३ मा नेपाल परिवार दलको चुनाबी अभियान चलेको छ। बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनका लागी अहिले घर दैलो अभियान चलेको छ ।
बिभिन्न दल तथा उमेदवारहरु मतदातालाई रिझाउने बेस्त देखीएका छन् ।यसैबिच धनगढी उपमहानगरपालिका वडा न १३ मा नेपाल परिवार दलको स्थानीय निर्वाचनको तयारीमा जुटेका छन् । शनिरबार र आज आइतबार नेपाल परिवार दलको चुनाबी अभियानले तीव्रता लिदै चुनाबी अभियानमा पार्टीका सयोजक खडक नागरी र वडा अध्यक्ष बिशाल चौधरी, पिस फोर्सका युवा नेता अजय जैरु र यश वडा का स्थानीय बासिन्दा उपस्थित रहेको रहेको थियो ।
स्थानीय तहको निर्वाचनबाट निर्वाचित हुने जनप्रतिनिधिहरु जनताको जनजिवनसग प्रत्यक्ष सरोकार राख्ने भएकोले सक्षम जनप्रतिनिधिहरु चयन गर्न नेपाल परिवार दलका तथा दलले समर्थन गरेको उम्मेदवारहरुलाइ मतदान गरिदिन परिवार दलले अपील गरेको संयोजक नागरिले बताए । वडा बासिले सबै पार्टीलाई हेरे अब परिवार दलले केही गर्छकि भनेर यसपालि परिवार दलको उम्मेदवारलाई नै भोट दिई बिजय गराउने भनाइ छ । सो क्षेत्रमा परिवार दलको जित भयो भने केन्द्रीय अध्यक्ष एकनाथ ढकालले हाम्रो पार्टीको निर्वाचित भयो भने जापान कोरियाबाट बजेट ल्याउने र वडा न १३ लाई नमुना वडा बनाउने बताए । अहिलेसम्म वडा न १३ को श्रिङका र कमैया मुक्ति टोल राजपुर बरपट्टा टोल लक्ष्मी टोल कैलाली गाउँ लगायतको टोलमा प्रचार प्रसार भइसके छ भने यश क्षेत्रका स्थानीयको भनाइ वडा अध्यक्ष पदका उम्मेदवार विशाल चौधरीको जि सुनिश्चित छ भनाइ छ।