बाजुरा। बाजुराको कवाडीमा काँग्रेस र एमाले कार्यकर्ता बिच झडप भएको छ। बाजुराको हिमाली गाउँपालिका ५ कवाडीमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको हो।
Advertisement


शनिवार साँझ ७ बजेतिर भएको झडपमा ५ जना घाइते भएका छन्। स्थानियका अनुसार ३ जना नेपालि काँग्रेस र २ जना नेकपा एमालेका कार्यकर्ता घाइते भएको वताएका छन्। नेकपा एमालेका कार्यकर्ता नेपालगञ्ज बाट आएर कवाडीमा झरेको बेला त्यहि रहेका काँग्रेस कार्यकर्ता बिच भनाभन हुदै ढुङ्गा हानाहन भएको प्रहरीले जनाएको छ।
Advertisement

अहिले अबस्था सामान्य भएपनि थप झडप हुन सक्ने भएकाले कवाडीमा शसस्त्र प्रहरी समेत घटना स्थलतिर लागेको जनाइएको छ । दुबै पक्ष सँग प्रहरीले छलफल गरिरहेको प्रहरीेले जनाएको छ। प्रहरीका अनुसार घाइतेको अबस्था सामान्य रहेको वताएको छ ।
Advertisement

Advertisement


तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु