डोटी। डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
आइतबार डोटीको शिखर नगरपालिका वडा नम्बर १ गेरपानी स्थित सेती-महाकाली राजमार्गमा से १ त ९२६४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार ट्याक्टर दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ३४ बर्ष का प्रेम कुमार कठरीयाको घटनास्थल मै मृत्यु भएको छ । ट्याक्टरमा सवार शिखर नगरपालिका वडा न २ कठाली बस्ने २२ बर्ष कि कलावती बोगटी घाइते भएकी छन ।
उनको अवस्था सामान्य रहेको र उपचारका लागि सुजुङग अस्पताल पुर्याएको छ । घटना स्थलमा प्रहरी पुगेको र शवको पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
कालागाड देखि दिपायल आउने क्रममा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।