धनगढी। धनगढीमा मेयरका उम्मेदवारसहित २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा २५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। उम्मेदवारी फिर्ता लिनेमा उपमहानगर प्रमुख, वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय जनमोर्चाबाट मेयरमा उम्मेदवारी दिएकी अन्जना श्रेष्ठ मास्केले पनि उम्मेदवारी फिर्ता लिएकी छिन्। उनले उम्मेदवारी फिर्ता गरेसंगै अब ९ जनाबीच मेयरका लागि प्रतिस्पर्धा हुने भएको छ।स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुका लागि शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने समय थियो। दाबी, विरोध, उजुरीमाथि छानबिन गरी आयोगले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो। स्थानीय निर्वाचनका लागि ११ र १२ गते मनोनयन दर्ता भएको थियो। निर्वाचन आयोगले भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ।यी उम्मेदवारी हुन् फिर्ता लिनेहरु