कैलाली। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन, मोबाइल र ल्यापटपसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका–८ का भागदेव कठरिया रहेका छन् । जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आगमन भएका कठरियाको गतिविधि संकास्पद देखिएपछि प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइ चेकजाँच गरेको थियो।
लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा उनको साथबाट ४० ग्राम सुन, एप्पलको म्याक बुक प्रो एमआई १४ तथा आइफोन १३ प्रो म्याक्स र आइफोन ११ प्रो म्याक्स फोन र एक थान ल्यापटप फेला परेको प्रहरीले जनाएको छ। जसको मूल्य अनुमानित १० लाख चार हजार ८ सय रुपैयाँ रहेको छ। उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।


