कैलाली। कैलालीको स्याउलेमा साथी मार्टको ९५ औं शाखा संचालनमा आएको छ । गोदावरी नगरपालिका – ८ स्याउले बजारमा साथी मार्टको फ्रेन्चाइज शाखा संचालनमा आएको हो ।
मार्टको शनिबार एक कार्यक्रमका बिच अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले उद्घाटन गरेका थिए । शाखाको उद्घाटन गर्दै अध्यक्ष देवकोटाले गोदावरी नगरपालिकामा नयाँ सोचका साथ संचालन गरिएको साथी मार्टको शाखा बिस्तार हुनु खुसिको कुरा भएको बताए । उनले मार्टले यस क्षेत्रमा युवाहरुका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी सृजना गर्ने बताए । ‘मार्टले स्थानीय स्तरमा उत्पादन भएको बस्तुलाई स्थान दिने छ’ उनले भने ‘अहिले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा मार्टले आफ्नो देशमै केही गर्न सकिन्छ भन्ने सोचको विकास भएको छ ।’ उनले पछिल्लो समय मानिसहरुमा व्यस्तता बढेकाले मार्टबाट छिटो छरितो सामान खरिद गर्न सहज हुने बताए । उनले स्थानीयले अब एकै ठाउँमा सबै सामान किन्न पाउने भएकाले सहज हुने बताए ।
साथी मार्टका संस्थापक तथा सिइओ सागर पोखरेलले स्थानीय उत्पादनलाई मेड इन नेपाल क्याम्पियन चलाउने सोचका साथ मार्टको शाखा बिस्तार गरिरहेको बताए । ‘यो हाम्रो अभियान जस्तै हो । यसमा युवाहरुले नेतृत्व गरेर देशभरी लग्नु भएको छ’ उनले भने ‘अहिले युवाहरुले गरेको स्टाटप देशकै ठूलो घरनाको रुपमा रुपमा विकास भएको छ ।’उनले बजार क्षेत्र भन्दा पनि ग्रामिण भेगमा पनि शाखा विस्तार गर्नुपर्छ भन्ने सोचका साथ स्याउलेमा शाखा विस्तार गरिएको बताए। उनले अहिले यसका शाखा विस्तार गर्ने क्रम जारी रहेको र निकट भविष्यमा विदेशमा पनि यसको शाखा बिस्तार गर्ने लक्ष्य रहेको बताए । हामीले आगामी आर्थीक बर्ष भित्रमा देशभर ३ सय शाखा बिस्तार गर्ने र ३र४ बर्षमा १ हजार शाखा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।
साथी मार्टको स्याउले शाखाको संचालन स्थानीय युवा बिक्की ओझा र सोवी रानाले गरेका हुन । शाखाका संचालक बिक्की ओझाले शाखा विस्तारका लागि १ करोड लगानी लागेको बताए । उनले स्याउले क्षेत्रका जनताले सामान्य सामान किन्नका लागि अत्तरिया धनगढी जानु पर्ने बाध्यता अन्त्य गर्न शाखा संचालनमा ल्याएको बताए । उनले मार्टमा खाद्यान्न, लुगाकपडा, कस्मेटिक, पेय पदार्थ, स्टेशनरी लगायतका सामान उपलब्ध हुने बताए ।मार्टका अर्का संचालक रानाले किनमेल गर्न सहजताका लागि साथी मार्ट संचालनमा ल्याइएको बताए । साथी मार्टको स्याउले शाखामा हाल प्रत्यक्ष रुपमा ६ जनाले रोजगार पाएका छन ।
किनमेलमा सहजता
वडा नम्बर ८ का वडा अध्यक्ष नरेश अधिकारीले स्थानीय क्षेत्रमा गुणस्तरीय सामान उपलब्ध हुने आफूले विश्वास लिएको बताए । ‘स्याउले बजारमा म्याद नाघेका खाद्य पदार्थ विक्रि वितरण हुन्थे । अब मार्ट संचालन भएपनि यस क्षेत्रका गुणस्तरीय सामान बिक्रि हुने आशा लिएको छु’ उनले भने ‘यसले केही व्यक्तिहरुलाई रोजगारी पनि दिने छ ।’स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले साथी मार्टको सोचले यस क्षेत्रका युवालाई व्यवसायी बन्न उत्प्रेरित गर्ने बताए । उनले स्याउले बजारमा साथी मार्ट संचालनमा आएपछि यस क्षेत्रका नागरिकलाई सामान किन्न पसल पसल भौतारिनु पर्ने समस्या अन्त्य हुने बताए । २०७७ सालमा साथी मार्ट एन्ड कर्पोरेट प्रालिका नामले काठमाण्डौंबाट संचालनमा आएको मार्टले हाल सुदूरपश्चिममा मात्रै ५ वटा शाखा विस्तार गरिसकेको छ । जसमा ३ वटा शाखा धनगढी, १ शाखा दार्चुला र १ शाख स्याउलेमा संचालनमा आएको छ । साथी मार्टका सुदूरपश्चिम प्रमुख प्रकाश शाहले छिटै धनगढीमा ३ र पुर्नवासमा १ शाखा विस्तारको तयारी गरिएको बताए ।