दार्चुला। दार्चुलामा जीप दुर्घटना भएको छ । शनिबार बिहान ९ बजे दार्चुलाको मार्मा गाउँपालिका– २ सिमारनजिकै सुपप्र ०१–००१ ज १२०८ नम्बरको जिप दुर्घटना भएको हो । लटिनाथ–मकरीगाड सडक खण्डमा जीप सडकमा पल्टिएर जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जीपमा १० जना सवार रहेका थिए । जिप दुर्घटनामा परी दीया धामी गम्भीर घाइते भएका छन् ।यस्तै, रतनसिंह धामी, रघुवीरसिंह धामी, जानकी ठगुन्ना, पाना महर, परुली धामी, देवानसिंह ठगुन्ना घाइते भएका छन् । घाइतेहरूको लटिनाथ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । जिपचालक देवेन्द्र टमटा फरार रहेको इलाका प्रहरी कार्यालय लटिनाथका सइ ललित थापाले बताए । उनको खोजी भइरहेको छ ।घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।