कैलाली। थारुहरुको संगठनमा नागरिक उन्मुक्ति पार्टी कुनै गठबन्धनको तयारीमा नभएको जनाएको छ । बिहीबार बिभिन्न सञ्चार माध्यममा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित छुट्टै गठबन्धनको तयारी र चुनावपछि नयाँ पार्टी घोषणा भन्ने समाचार सञ्चार माध्यममा प्रकाशित भएकोमा त्यस्को नभएको पार्टिले प्रस्ट पारेको हो ।
नागरिक उन्मुक्ति पार्टीकी नेतृ रञ्जीता चौधरीले आफ्नो पार्टीकुनै गठबन्धनको तयारीमा नरहेको स्पस्ट पारेकी हुन् । शुक्रबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै यो झुट कुरा हो उनले भनिन् । गठनबन्धन बनाएर चुनावमा जाने बारेमा कुनै छलफल भएको छैन् । चुनावको मुखैमा आम नेता तथा कार्यकर्तालाई अन्योल र भाड्ने काम हो । दल र संगठनहरुको बीचमा गठनबन्धन बनाएर चुनावमा जाने तयारी छैन ।’ चुनाव लगत्तै नयाँ पार्टीको घोषणा भन्ने कुरा पनी छैन् उनले स्पस्ट पारेकी हुन् ।