कञ्चनपुर। कञ्चनपुरको लालझाडीस्थीत देखतभुली र शिखलपट्टि जोड्ने पुल ६ वर्षसम्म पनि बनेको छैन्। पक्की पुलका पिलर ठड्याएको ६ वर्ष भएपनी पुल नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
लालझाडी गाउँपालिकालाई सडक सञ्चालसँग जोड्ज दोदा नदीमा पुल निर्माणका लागि २०७२ पुसमा ठेक्का सम्झौता भएको थियो । ६ वर्षमा पुलका पिलर मात्रै ठडिए, तर पुल निर्माण हुन सकेन । तीन वर्षदेखि अधुरो पुल निर्माणको काम ठप्प रहेको छ ।
स्थानीयहरु छेउमै काठे पुल पनि छ । स्थानीयले त्यही पिलर हेर्दै काठेपुलबाट आउजाउ गर्नुपरेको छ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभुली र शिखलपट्टि जोड्ने पुल ६ वर्षसम्म नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको बताएका छन् । ‘अहिले त पानी कम छ, बर्खामा त आउजाउ गर्नै गाह्रो हुन्छ,’ लालझाडी गाउँपालिका–५ देखतभुलीका धनसिंह ठगुन्नाले भने, ‘बर्खामा पानीको बहाव बढेमा काम भएका बेला ट्युबमा दुई सय तिरेर वारपार गर्छौं ।’ लालझाडी गाउँपालिकाको केन्द्र दोदा नदीपारि शंकरपुरमा छ । देखतभुलीवासीलाई बर्खामा शंकरपुर आउजाउ गर्न निकै समस्या हुन्छ । काठेपुलबाट आउजाउ गर्न मोटरसाइकललाई ३० रुपैयाँ तिर्नुपर्छ ।
लालझाडी गाउँपालिकाको अधिकांश क्षेत्र चारैतिर नदीले घेरिएको छ । बर्खामा गाउँपालिका आउजाउ गर्नै समस्या हुन्छ । नदी नालाकै कारण गाउँपालिका सडक सञ्जालमा जोडिएका छैन । पूर्वतिरबाट मछेली र पश्चिमतर्फबाट बनहरा नदी यही ठाउँमा मिसिएपछि दोदा भनिन्छ । हरेक बर्खामा यो नदीले लालझाडीमा डुबान र कटान गर्छ । तीन वर्षमा पुल निर्माणको काम सक्ने गरी ०७२ मा राजेन्द्र निर्माण सेवासँग २४ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो । एक पटक म्याद थप गरेर निर्माणको समयावधि थप दुई वर्ष बढाइएको थियो । ६ खण्डको उक्त पुलको लम्बाइ २४० मिटर र चौडाइ ११ मिटर छ ।कान्तीपुरबाट


