धनगढी। धनगढीमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मंगलबार धनगढीको चटकपुरमा सुपप्र ०१ ००१ घ ४९८५ नम्बरको अटोले बर्ष ६५ को पैदलयात्री पुरुषलाई ठक्कर दिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अटोको ठक्करबाट गम्भीर घाइते भएका नाम नखुलेका उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
त्यस्तै, दुर्घटनामा अटोमा सवार अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा जानकी गाउँपालिका–८ की २० वर्षीया सिलोचना चौधरी र बर्ष २२ की निर्पा चौधरी रहेका छन्। उनीहरुको पनि माया मेट्रोमै उपचार भइरहेको र अटो र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।


