कञ्चनपुर। कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। कञ्चनपुरको वेदकोट नगरपालिका ३ दैजी चौराहास्थित लोकेन्द्रसिंह रोकायाको घरमा भाडामा बस्दै आएका डडेल्धुराको परशुराम नगरपालिका ९ का २५ वर्षीया राजु धामी पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
धामी दैजीमा काका क्याफे एण्ड होटेल लज सञ्चालन गर्दै आएका बताइएको छ। उनको शव अहिले महाकाली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


