कैलाली। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका नौवटै जिल्ला समन्वय समिति, तल्ला तह कमिटी तथा जनबर्गीय संगठनका पदाधिकारीको टुङ्गो लगाएको छ ।
माओवादीको सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारीको बैठकले जिल्ला सहइन्चार्ज, जिल्ला संयोजक, सचिव, प्रदेश र संघीय निर्वाचन क्षेत्र तथा पालिकाका इन्चार्ज, सहइन्चार्ज, विभागीय प्रमुख, फ्याक्सन इन्चार्जलगायत पदाधिकारीको टुङ्गो लगाएको हो।
बैठकले माओवादी कैलाली जिल्ला समन्वय समितिको संयोजकमा लाजुराम चौधरी, डोटीको संयोजकमा कमल गड्सीला, अछाममा रबिन्द्र साउँद, बाजुरामा दिपक बुढा र बझाङमा टोपबहादुर खड्कालाई चयन गरेको छ। यस्तै डडेल्धुरामा उमेशप्रसाद भट्ट, कञ्चनपुरमा खेम पाण्डेय र बैतडीमा शंकर भण्डारीलाई संयोजक चयन गरिएको माओवादी सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष अक्कल रावलले जानकारी दिए।
जिल्ला सचिवहरु कञ्चनपुरमा सहबीर सुनार, डडेल्धुरामा लालबहादुर धामी, बैतडीमा रमेश चन्द, बझाङमा रतनबहादुर सिंह, बाजुरामा रमेश बिक, अछाममा उदयबहादुर बिष्ट र डोटीमा डबल सिंहलाई चयन भएका छन् । डोटीको सहइन्चार्जमा जंग बिक, मिनबहादुर घर्ती, भरत बोहरा ‘योगेन्द्र’ र छवि ओली, बैतडीको सहइन्चार्जमा प्रेमप्रकाश भट्ट, बिक्रम कुँवर र भुवनचन्द्र बिकलाई चयन गरिएको माओवादी प्रदेश कमिटी सचिव जनक बुढाले बताए।
यस्तै बझाङ परमानन्द चिमाडी, बाजुरामा सुरेश रोकाया, बिनिता बिक र महेश शाही, अछाममा लोकबहादुर बोहरा ज्वाला, खडक रोकाया, लोकेन्द्र साउँद, लोकबहादुर बोहरा अबिरल, सरस्वती रावल, गोविन्द साउँद, जानकी साउँद र लोक बोगटीलाई सहइन्चार्जको जिम्मेवारी तोकिएको छ । बैठकले पालिका इन्चार्ज, सहइन्चार्ज, जनवर्गीय संगठन, मोर्चाका फ्याक्सन इन्चार्जको पनि जिम्मेवारी बाँडफाँट गरेको छ । यस्तै संगठन, युवा तथा खेलकुद, स्कूल, शिक्षा मावन स्रोत, श्रम, कृषि भूमिसुधार, निर्वाचन, पर्यटनलगायत विभिन्न विभागीय प्रमुखहरुको पनि जिम्मेवारी तोकिएको सचिव बुढाले जानकारी दिए ।