धनगढी। नेपाल कम्युनिस्ट पार्टी९माओवादी केन्द्र धनगढी उपमहानगर पालिका इन्चार्जमा निर्मल शाह चयन भएका छन्। आइतवार माओवादी केन्द्र सुदुरपश्चिम पार्टी प्रदेश समितीको बैठकले शाहलाई धनगढी उपमहानगरपालिका इन्चार्जको जिम्मेवारी तोकेको हो।
नेकपा माओवादी केन्द्र धनगढी सचिव रमेश प्रसाद भट्टराईले धनगढी उपमहानगर पालिका इन्चार्जमा निर्मल शाहलाई,निर्वाचन क्षेत्र नम्बर ५ मा सँयोजक डि एल भण्डारी र सचिव आदरणीय शान्ति अधिकारीलाई चयन गरेको जानकारी दिए । साथै चयन भएका सम्पुर्ण नेता तथा कार्यकर्तामा उनले हार्दिक बधाई एबम सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।