कैलाली । नेकपा माओवादी केन्द्र सुदुरपस्चिम प्रदेस समितिको कार्यालय सचिवमा युवा नेता उद्दव भट्टराई चयन भएका छन् ।
माओवादी केन्द्र सुदुरपस्चिम प्रदेस समिती सदस्य समेत रहेका भट्टराई लाई पार्टी प्रदेस समितीको बैठकले कार्यालय सचीव मा चयन गरेको हो।
अखिल (क्रान्तिकारी) संगठित सदस्य बाट राजनीति शुरु गरेका भट्टराई अखिल क्रान्तिकारी विद्यार्थीको कैलाली जिल्ला सदस्य ,जिल्ला सचिब जिल्ला अध्यक्ष सुदुरपस्चिम प्रदेश संयोजक र इन्चार्ज हुदै केन्द्रीय सचिबको भुमिका समेत सफलता पुर्वक पूरा गरि सकेका छन्।
पार्टीका विभिन्न निकाय हुँदै माओवादी केन्द्रको सम्मेलन आयोजक समिति सदस्यको भुमिका पूरा गरेको,हाल प्रदेश कमिटी सदस्य ,तत्कालीन बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको स्वकीय अधिकृतको भुमिका पनि उनले निभाइसकेका छन् ।