कैलाली । कैलालीको धनगढीमा यौन धन्दा संचालन गराउने ४ होटल व्यवसायी सहित संलग्न ९ जना युवती पक्राउ गरेको कैलाली प्रहरीले फेरी २ होटल व्यवसायी सहित पाँच जना युवती पक्राउ गरेको छ।
बिहीबार धनगढीका बिभिन्न स्थानमा रहेका होटलहरुमा छापा मारेर ४ होटल व्यवसायी सहित संलग्न ९ जना युवती पक्राउ गरेको प्रहरीले आज (शनिवार) धनगढी वडा नम्बर ७ मा छापा मारेको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीले आज यौन धन्दा संचालन गराउने २ होटल व्यवसायी सहित उक्त कार्यमा संलग्न ५(पाँच) जना युवती पक्राउ गरेको जनाएको छ।
विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले धनगढी वडा नम्बर ७ स्थित रहेको फुडल्याण्ड होटल र लक्ष्मी होटलमा छापा मार्दा यौन धन्दामा संलग्न ५(पाँच) जना युवती र उक्त धन्दा संचालन गराउने २ जना होटल व्यवसायीहरु समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। थप सम्बन्धित समाचार यहाँ हेर्नुहोस…