धनगढी। यही चैत्र ३ र ४ गते कैलालीको धनगढीमा ‘होली हङ्गामा’ कार्यक्रम हुने भएको छ । धनगढी उप–महानगरपालिकाको कार्यालय सँगै रहेको पार्कमा होली पर्वको अवसरमा ‘होली हङ्गामा’ कार्यक्रम आयोजना हुने भएको हो ।
होली आफैमा रङ्गिन चाड हो। अझ रङ्गमा रमाउनेहरूका लागी भने यो अझै रमाइलो पर्व मानिन्छ । धनगढीको रक स्टार मिडियाले आयोजना गर्न लागेको ‘होली हङ्गामा’ कार्यक्रममा धनगढीका स्थानीय कलाकारहरू धीर विक्रम सिंह र डिजे कल्पित हमालको प्रस्तुति रहने आयोजक जितेन्द्र रावलले जानकारी दिए ।
त्यस्तै, कार्यक्रममा सहभागी हुन अथवा अवलोकन गर्न १०० र १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। भने १५० रुपैयाँको टिकटको खरिदमा लक्की ड्र मार्फत एक जना विजेतालाई ३५ हजार मूल्य बराबरको मोबाइल सेट प्रदान गरिने आयोजक मनोज जेठाराले जानकारी दिए । ‘होली हङ्गामा’ कार्यक्रम ब्यारोनको मुख्य प्रायोजन रहेको छ भने सह प्रायोजक मा हिमालयन बोररी रहने छ ।हेर्नुहोस यहाँ
https://www.facebook.com/bhim.bist.90/videos/258321189838962


