धनगढी। कैलालीको भुपेन्द्र बडुवाल हत्या प्रकरणका थप एकजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का विकास शेरचनलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि जिल्ला कारागार पठाएको हो।
कैलाली जिल्ला अदालतले मिति २०७८/११/२६ गते निजलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षको लागि कारागारमा हिरासतमा राख्ने आदेश दिएको हो ।
बिहीवार उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम मुद्दा पुर्पक्षको लागि कारागारमा हिरासतमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। लम्की चुहा नगरपालिका बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको गत पुस २३ गते टीकापुर नगरपालिका वडा नम्बर १ मा हत्या भएको थियो। उनको हत्या आरोपमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् भने ९ जना अझै फरार छन्।

