कञ्चनपुर। स्वामि पिताम्बर महाराज जि गौरक्षार्थ महाकाली-मेचि पैदल यात्रामा निस्कीएका छन्। पछिल्लो समय देशैभर छाडा गाई गोरु सवैसाधारणका लागी विकराल समस्या बन्दै गईरहेको छ।
हिन्दु धर्ममा गाईलाई आमा सरह मानी पुज्ने गरीएतापनी विगत केहि वर्ष यता घरमै पालिएका गाई गोरुहरुलाई चाहिन्जेल पाल्ने र पछि अलपत्र छाडिदिने प्रबृतिले विभिन्न समस्या पर्ने गरेको छ। अलपत्र छडिएका घरपालुवा पशुहरु राजमार्गमा गएर वसिदिने र सवारी साधनले दैनिक जसो दुर्घटना हुदा सयौं गाई गोरुहरु को ज्यान जाने तथा घाईते भएर वाच्नु परेको छ।
सन्दर्भलाई जोड्दै स्वामि पिताम्वर महाराज जि गौरक्षा अभियानमा जुटेका छन। महाकाली–मेचि पद यात्रा को थालनी कञ्चनपुरमा पर्ने महाकाली नदि किनारमा स्थापना गरीएको‘हरिहर स्नानघाट‘ वाट जल लिएर मेचि पैदल यात्रा सुरु गरैका छन । महाकाली नदिको जललाई अभियानको अन्तिम यात्रा गर्दा सम्म वाटेमा पर्ने विभिन्न मठ मन्दिर मा लगेर चढाउने छन। स्वामीले पैदल यात्राका क्रममा गाई माताको अलौकिक महत्व वारे विभिन्न विश्राम स्थलका स्थानिय लाई सत्संग गराउने छन।
प्रचिन काल देखिनै ऋषिमुनीहरुले गाईलाई किन आमा को दर्जा दिएको भन्दै विभिन्न कालखण्डमा भगवानको लिलाका गौमाताको व्यख्या गरीएकाले समेत यसको धार्मिक तथा बैज्ञानिक महत्व समेत रहेकाले गौरक्षा गर्नुपर्नेमा जोड स्वामि पिताम्वर महाराज जि ले वताउनु भयो । त्यस्तै उहाले स्थानिय सरकारले गाई गोरु व्यव्स्थापनमा करोडौ रकम खर्च गरेपनी समस्या ज्युका त्यु रहेकोमा दुःख व्यक्त गर्नुभएको छ । गाई व्यवस्थापनका लागी जनताको कर तिरेका वजेट सिमित स्वार्थि व्यक्तिहरुले उपभोग गरेर गाईमाताहरुको विचल्ली पारेको भन्दै सरकारले समेत गौरक्षा वारे ठोस निति वनाउनुपर्ने धारण व्यक्त गर्नुभएको छ। फागुन २४ गते देखी थालनी गरीएको गौरक्षा अभियानमा ३० दिन सम्म रहने छ। स्थानियले नै दुर्दशा निम्त्याएर एक तर्फ हिन्दु धर्मको मुल्य मान्यतालाई वेवास्ता गरेको छ भने अर्कौ तर्फ मानव जातिको उत्तर दायित्व लाई वेवास्ता गरीएको छ।

