नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले फिलिपिन्सकी पूर्व राष्ट्रपति ग्लोरिया माकापागल आरोयो संग भेट गर्नु भएको छ।
Advertisement


पूर्व राष्ट्रपति आरोयोको मनिला स्थित निवासमा भएको भेटमा पारस्परिक हित र क्षेत्रीय शान्ति सुरक्षाको सम्बन्धमा छलफल भएको नेता ढकालको सचिबालयले जनाएको छ। भेटमा भर्खरै दक्षिण कोरियामा सम्पन्न विश्व शिखर सम्मेलनको उपलब्धिको बारेमा पनि छलफल भएको थियो।
Advertisement

सन् २००१ देखि १० सम्म फिलिपिन्सकी राष्ट्रपति हुनु भएकी आरोयो पूर्व सभामुख समेत हुनुहुन्छ। हाल प्रतिनिधि सभाकी सदस्य समेत रहनु भएकी उनि फिलिपिन्सको प्रभावशाली नेत्री हुन्। पूर्व मन्त्रि ढकाल की धर्मपत्नी ब्लेसि गाडन पनि भेटमा सहभागी थिइन्।
Advertisement

Advertisement


तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु