धनगढी। कैलालीमा एक जना कर्मचारी पक्राउ परेका छन् । कैलालीको अत्तरियामा शनिबार बिदाको दिन जाँडरक्सी खाएर सरकारी मोटरसाइकल चलाउने कर्मचारी पक्राउ परेका छन्।
डोटीको दिपायल सिलगढी नगरपालिकाको से१ब ८३८ नम्बरको मोटरसाइकल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको टोलीले नियन्त्रणमा लिएको हो । उक्त नगरपालिकामा कार्यरत लेखापाल भक्तराज भट्टले मापसे गरी चलाइएको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिइएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
चालक भट्टलाई एक हजार जरिवाना तिराएर छोडिएको छ । सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिए पनि मापसे गरेका कारण जरिवाना गराइएको ट्राफिक प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलमा पछाडि युवती पनि सवार थिइन् ।


