धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६८ नमुना परीक्षण गर्दा थप २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा ७ जना निको भई घर फर्किएका छन् । हाल अस्पतालमा १६ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये एक जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यस्तै सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका- १६ का ७४ वर्षीय पुरुषको बुुधबार बिहान मृत्युु भएको हो । ती पुरुष कोरोना देखिएपछि माघ १९ गते अस्पताल भर्ना भएका थिए ।