धनगढी। धनगढी उपमहानगरपालीका ८ मा रहेको शुभारम्भ मन्टेश्वरी स्कुलले सरस्वती पुजा कार्यक्रम गरी मनाएको छ। धनगढी ८ क्याम्पसरोडमा रहेको मन्टेश्वरी स्कुलले बसन्त पञ्चमी तथा सरस्वती पुजा कार्यक्रम गरी मनाएको जनाएको छ।
स्कुलमा बिद्यार्थी, शिक्षक तथा अविभाबकको उपस्थीतीमा सरस्वती पुजा कार्यक्रम गरी मनाएको स्कुलका प्रन्सिपल मोहनराज ओझाले जानकारी दिए। बिद्यार्थी, शिक्षक तथा अविभाबक बिच सरस्वती पुजाको शुभकामना आदानप्रदान समेत गरिएको थियो। सरस्वती पुजा कार्यक्रममा प्रसाद समेत बितरण गरिएको थियो ।
सरस्वती पुजाको अवसरमा स्कुल भर्ना हुने उमेरका स-सानालाई अक्षरारम्भ समेत गराइएको छ। स्कुलले कोरोना जोखीमका कारण सामान्य रुपमा सरस्वती पूजा कार्यक्रम गरी मनाएको हो। बिगतका बर्षहरुमा विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा गर्ने गरेको भएपनी यसवर्ष कोरोनाका कारण सामान्य रुपमा सरस्वतीको पूजाको कार्यक्रम गरिएको ओझाले जानकारी दिए। साथै शुभारम्भ मन्टेश्वरी स्कुलमा प्ले ग्रुपमा नर्सरी, एल.केजी यु.केजीमा पढाई हुँदै आएको छ ।


धनगढी ८ को शुभारम्भ मन्टेश्वरी स्कुलले मनायो सरस्वती पुजा
धनगढी ८ को शुभारम्भ मन्टेश्वरी स्कुलले मनायो सरस्वती पुजा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

