कञ्चनपुर। नेपाल परिवार दल तथा टीजुची फाउन्डेसनको सहयोगमा आपतबिपतमा परेकालाई सहयोग गरिएको छ। आज कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ का बृद्धा गरिब एकल महिलालाई टीजुची फाउन्डेसनको सहयोग र नेपाल परिवार दलको युवा नेता खडक नागरीको पहलमा कृष्णपुर नगरपालिका गजरौला सुकुम्बासी टोल वडा ५ मा २५ पिस बलाङकेट वितरण गरिरहेको छ।
सामाजिक कार्यका साथै आपतबिपतमा परेकालाई राहात बितरण, सान्त्वना सहयोगमा खटिदै गरिब दिन दुखीको साहारा बन्दै नेपाल परिवार दल तथा टीजुची फाउन्डेसन राहात तथा बलाङकेट बितरण अभियानमा छ । बढ्दै गइरहेको चिसोका कारण समस्यामा परेका बृद्धा गरिब एकल महिलाहरुलाइ न्यानो लुगा ब्लाङकेट वितरण कार्य गरिरहेको हो।
कार्यक्रममा नेपाल परिवार दलका कृष्णपुर नगरपालिका युवा नेता कमल नेपाली पिस फोर्स केन्द्रीय सदस्य अजय जैरु रहेका थिए। गजरौला सुकुम्बासी टोलका स्थानीयहरुले स्थानीय सरकार र कुनै संघ सस्थाले कुनै किसिमको सहयोग नगरेको गुनासो गरेका छन । नेपाल पार्टी परिवार दल सरकारमा नभएको समयमा पनि हामी दुखि गरिबहरुको साहरा बनेकोमा धन्यवाद भन्दै खुसी ब्यक्त गर्नु भएको युवा नेता अजय जैरुले बताए ।


