कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाबाट ५० थान (२१ क्यु फिट) सालको कडी बरामद गरिएको छ। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैया स्थित बेवारिसे अवस्थामा सालको काठ छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा ईलाका प्रहरी कार्यालय सुख्खड कैलालीबाट खटिएको प्रहरी टोलिले वेवारिसे अवस्थामा सालका कडी बरामद गरेको हो।
वेवारिसे अवस्थामा सालका कडी ५० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले प्रेम चौधरीको घर आँगन छेउमा तोरीको भुसा भित्र लुकाई राखेको अवस्थामा ४ फिट, ५ फिट र ७ फिटका ५० थान सालको कडी बरामद गरेको जनाएको छ। प्रहरीले बरामद भएको काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाएको जनाएको छ।

