कैलाली। कैलालीको गोदावरी नगरपालिकाका एक युवक मृत अवस्थामा फेला परेका छन्। कैलालीको गोदावरी नगरपालिका–६ लालपुर कोली कटान घर भएका १९ वर्षीय सागर कोली झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनी आफनै घरमा आइतबार राति झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आइतबार राति उनी आफनै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनाबारे थप अनुसन्धान भइरहको उनले जानकारी दिए ।


