सेती प्राविधिक शिक्षालय दिपायलको प्रमुखमाथि भ्रष्टाचारको आरोप, छानविन नगर्दै नयाँ जिम्मेवारी दिएर पठाइदै

काठमाडौं। भ्रष्टाचार गरेको आरोप लागेका डोटीस्थित सेती प्राविधिक शिक्षालय दिपायलको प्रमुखमाथि छानविन नगर्दै नयाँ जिम्मेवारी दिएर पठाउन लागिएको छ। पाँच दिन अघि शिक्षालयको प्रमुखबाट वीरेन्द्रबाबु यादवलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सानोठिमीले हटाएको थियो।