कञ्चनपुर। कञ्चनपुरमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ। भने अन्य ७ जना घाइते छन। बुधवार कञ्चनपुरको पुनर्वास नगरपालिका ३ माईली बजारमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।
बेलौरीबाट धनगढी आउँदै गरेको लु २ स ००८१ नम्बरको अटो र विपरीत दिशाबाट आईरहेको से १ प ७६४४ नम्बरको मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालय त्रिभुनव बस्तीले जनाएको छ। दुर्घटनामा परी अटोरिक्सा चालक पुनर्वास नगरपालिका ८ (क)गाउँ का ३५ बर्षीय राजेन्द्र सुनार (मिजार)को धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी मोटरसाईकल चालक पुनर्वास नगरपालिका १ गणेशबस्ती बस्ने ३० बर्षीया रामभजन राना, मोटर साईकलमा सवार सोहि ठाउँका ३२ बर्षीया राधेश्याम राना, अटोमा सवार बेलौरी नगरपालिका १० भुडाका १३ बर्षीया बालक आकाश बिक, सोहि ठाउँका १२ बर्षीया आशिष बिक, सिद्धला बजार नगरपालिका ८ बर्दियाका ३२ बर्षीया रघुबीर सुनार, १४ बर्षीया करुणा सुनार र पुनर्वास नगरपालिका ८ खडडाका ७० बर्षीया पार्बती सुनार घाईते भएका छन । घाईते मध्ये आकाश बिक र राम भजनको अबस्था गम्भीर रहेको छ । घाईते द्वयको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।