धनगढी। धनगढीमा एक जना प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पर्सनल सेक्युरिटी अफिसर’ (पिएसओ) रमेशदत्त जोशी सुतेकै अवस्थामा धनगढी ३ स्थित घरमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार उनी आफ्नै घरमा मृत फेला परेका बताए। उनका घरका परिवारका अन्य सदस्यहरू भने आफन्तको बिहेमा गएका थिए । परिवारका सदस्य आज घर आउँदा ढोका बन्द देखेपछि झ्यालबाट हेरेर बोलाउदा केही नबोलेपछि ढोका फुटाएर हेर्दा मृत भेटेको बताइएको छ ।
उनी कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको बताइएको छ। आज परिवारका सदस्य घर फर्किदा उनी मृत फेला परेको डिएसपी जोशीले जानकारी दिए। प्रहरी हवल्दार जोशीको दरबन्दी भने धनगढी गणमा रहेको थियो। उनी थाईराइण्डको विरामी पनि भएको र ५ दिन अघि कोरोनाको बुस्टर डोज पनि लगाएको उनले बताए। हवल्दार जोशीको दरबन्दी भने धनगढी गणमा हो। यता अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरा भने अहिले मृत हवल्दारको घरमा पुगेकी छन्।
आईतवार मन्त्रालय आउनुभएको थियो। ज्वरो आएको भन्नु हुन्थ्यो, उनले भनिन्, ‘मंगलवार फोन सम्पर्क गर्दा रेसिव भएन।’ पिएसओले गणमा भने जानकारी गराएको थियो, राज्यमन्त्री माया तामाङ बोहराले भनिन्, ‘अर्को पिएसओलाई आज बुझ्न पठाएको थिए। एक्कासी मृत भएको खवर आयो। म अहिले उहाँकै घरमा पुगेकी छ। अहिले शवको मुचुल्का गरेर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।