धनगढी। सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि दलिततर्फ नेकपा माओवादी केन्द्रकबाट उम्मेदवार जगत पार्की विजयी भएका छन् ।
गठबन्धनबाट उम्मेदवार भएका उनले प्रदेशतर्फ १८७२ र स्थानीय तहतर्फ १८९० मतभार प्राप्त गरेर ३७६२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेर १७८२ मतभार प्राप्त गरेर पराजित भए ।