धनगढी। सेती प्रयोगशालामा १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४ जनामा कोरोना भाइरस पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
सुचना अधिकारी श्रेष्ठका अनुसार १ सय ८७ नमुना पिसिआर विधिबाट परीक्षण गर्दा थप १ सय ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै २४ घण्टामा एक जनाको मृत्यु भएको छ। थप ३ जना नयाँ संक्रमित विरामी अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित विरामीको उपचार भइरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । जसमध्ये दुईजना विरामीको आइसियु र दुईजना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।