कञ्चनपुर। कञ्चनपुरमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। दार्चुलाबाट बेलौरी आउँदै गरेको जीप कञ्चनपुरको पुनर्वास नगरपालिका ११ स्थित देउराली नालामा गाडी दुर्घटना भएको हो।
बिहिवार बिहान दार्चुलाबाट बेलौरी जाँदै गरेको सुप्रप ०१ ००१ ज १३६३ नम्बरको जीप पुनर्वास नगरपालिका–११ स्थित देउराली नालामा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। आज विहान ६ बजे तिर दुर्घटना भइ खोलामा खसेको हो।
दुर्घटनामा परी चालक दार्चुलाका व्यास गाउँपालिका–४ का २५ वर्षीय बिरसिंह धामी, सोही ठाउँका २४ वर्षीय विरेन्द्र धामी, कञ्चनपुर पुर्नवास नगरपालिका–१ का ६८ वर्षीय मोहन भण्डारी, उनकी श्रीमती वर्ष ६२ की जयन्ती भण्डारी, सोही ठाउँका वर्ष २४ का करुणा भण्डारी, वर्ष ८ का प्रया भण्डारी र ३ वर्षीय पारस भण्डारी घाइते भएका छन्।
जीपमा सवार ७ जना घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दार्चुलाबाट बेलौरी जाँदै गरेको गाडी अनियन्त्रित भैइ पुलको बिममा ठोकिएर खोलामा खसेको अस्थायी ट्राफिक प्रहरी पोस्ट डोकेबजारका ईन्चार्ज ट्राफिक प्रहरी सहायक निरीक्षक दिपक जोशिले जानकारी दिए। दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।