धनगढी। सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्टोर रुममा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको प्रयोगशालाको स्टोर रुममा विजुलीको तार सर्ट भई बुधबार दिउँसो आगलागी भएको हो।
आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जनाइएको छ। २ थान फ्रिज, १ थान कुलर, १ थान तौल गर्ने मेसिन, औषधि लगायत विभिन्न –सामानहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले प्रयोगशालाका कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।