कैलाली। कैलालीको गोदावरी नगरपालिका ३ चौकिडाँडामा स्कारपियो दुर्घटना भएको छ। गोदावरी नगरपालिका ३ चौकिडाँडा मालिकाटोल नजिकै भारतिय नम्बर प्लेटको स्कारपियोले अटोरिक्सालाई ठक्कर दिदा ६ जना घाईते भएका छन् ।प्रहरीका अनुसार
महेन्द्रनगरबाट पुर्वतिर गईरहेको भारतिय युके ०४AG९५७८ नम्बर प्लेटको स्कारपियोले चौकिडाँडाबाट अत्तरिया तर्फ आईरहेको से १ ह १९ ७० नम्बरको अटोलाइ ठक्कर दिएको हो । ठक्कर दिदा स्कारपियोमा सवार ३ जना र अटोमा सवार ३ जना गरी ६ जना घाईते भएको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोखरेलले जानकारी दिए ।
दुर्घटनामा घाईतेहुनेहरुमा अटो चालक ३३ बर्षिय भवानी महरा, अटोमा सवार २९ बर्षिय निर्मला सिंह, बझाङको बुगंल नगरपालिका ४ बस्ने ४८ बर्षिय दुर्गा नाथ रहेका छन् । त्यस्तै स्कारपियोमा सवार १२ बर्षिय बिष्णुमणी जोशी, ४२ बर्षिय मनोज पन्त र स्कारपियो चालककी ९ बर्षिय छोरी सिद्धी जोशी रहेको डिएसपी पोखरेलले जानकारी दिए ।
घाईते मध्ये मनोज पन्तको टाउकोमा चोट लागेको र अन्य समान्य रहेको उनले बताए । डिएसपी पोखरेलका अनुसार भारतको नैनितालबाट काठमाण्डौको पशुपतिनाथ दर्शनका लागी परिवारका सदस्यहरु सहित दुईओटा स्कारपियोमा गईरहेको बताए ।
स्थानियका अनुसार भारतिय नम्बर प्लेटकका दुबै स्कारपियोे एक आपसमा ठेक्कीनुका साथै अटोरिक्सालाई पनि ठक्कर दिएको बताईएको छ । अटोलाई ठक्कर दिएर सडक छेउमै रहेको बिजुलीको पोलमा स्कारपियो ठोक्कीएको छ । बिजुलीको पोल ढल्नुका साथै स्कारपियो समेत पल्टीएको छ । तिव्रगतिका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।


