धनगढी। धनगढीमा पुस पन्ध्र विशेष कार्यक्रम आयोजना गरि मनाइएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल र लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको संयुक्त आयोजनामा पुस पन्ध्र विशेष कार्यक्रम आयोजना गरि मनाइएको हो ।
धनगढी उपमहानगरपालीकाको परिसरअगाडी आयोजना गरिएको पुस पन्ध्र विशेष कार्यक्रमको एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालीकाका प्रमुख तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य नृप बहादुर वडले उद्घाटन गरेका हुन्। सुदूरपश्चिमेलिहरुको मौलिक एवं ऐतिहासिक पर्व पुसे पन्ध्र घरपरिवार साथीभाई रमाईलो गर्ने,मिठोसमिनो खाने, रातभर जाग्राम बस्ने, उखान, कथा हाल्ने पर्व भएकाले यस्को महत्व रहेको उनले बताएका छन् । सबैलाई पुसे पन्ध्रको शुभकामना ब्यक्त गर्दै सौहार्द तरीकाले पुस पन्ध्र मनाउन उनले सबैमा आग्रह गरेका छन्।
सुदूरपश्चिमको भाषा, कला, साहित्य र मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धनका लागी विगत डेढ दशक देखी नै विभिन्न सङ्घ संस्था, कार्यक्रम एवं लोक गीत सङ्गीत मार्फत लागि परिरहेको हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका संस्थापक अध्यक्ष समेत रहेका सुरत रावत डोटेली कान्छाले बताएका छन् । मौलिक पर्व पुस पन्ध्रलाई संस्थाको स्थापनाकाल देखि नै मनाउँदै आइरहेको उनको भनाई छ। कार्यक्रमको मुख्य आकर्षकको रूपमा सुदूरपश्चिमका मौलिक खानाको व्यवस्था रहेका थिए।‘पर्वले आफ्नोपन झल्काउनमा विशेष महत्त्व बोकेकोले घरमा पक्वानका रुपमा पकाईने फाउने माडा, माडा पुरी, सेल, बटुक, तौड, शखरखण्ड इत्यादि राखिएका थिए।
विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका विभिन्न चर्चित गायक कलाकारहरूका गायन, नृत्य, अभिनय लगायत रचना वाचन समेत गरिएको थियो । कार्यक्रममा हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल र लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोका बिभिन्न अध्यक्ष, सदस्य लगायत गायक कलाकार तथा दर्शकहरूको उपस्थीती रहेको थियो । कार्यक्रममा साहित्यकार धर्मराज जोशी लगायतका कलाकारले मौलीक गित तथा रचना बाचन गरेका थिए । कार्यक्रम सञ्चालन प्रेम बिवश चन्दले गरेका थिए । कार्यक्रममा देउडा खेल समेत लगाइएको थियो ।








