कैलाली। कैलालीको अत्तरियामा रहेको सुरक्षा सामुदायिक वनमा निर्माण गरिएका १५ ओटा संरचना भत्काइएका छन् ।
कैलालीको गोदावरी नगरपालिका – १ मा ,इलाका प्रहरी कार्यालय मालाखेती,डिभिजन वन कार्यालयको रहोवरमा सुरक्षा सामुदायीक वनले अतिक्रमण गरी बनाएका १५ ओटा संरचना भत्काएको हो । अत्तरियाको पुर्व रोड क्षेत्र, धनगढी रोड र भरतपुर क्षेत्रमा गरिएको वन अतिक्रमण भएको सामुदायिक वनले जनाएको छ।सामुदायिक वनले डोजर प्रयोग गरेर अतिक्रमण हटाएको जनाएको हो।
सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडाल पटक–पटक अतिक्रम हटाउन सूचना गरेपनि अटेर गरेपछि डोजर लगाएर अतिक्रमण हटाइएको बताए । सुरक्षा सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले वनको क्षेत्रफल ३५ हेक्टर रहेकोमा १ हेक्टर जति क्षेत्रफल पछिल्लो समय अतिक्रणमा परेको बताईन् । वन अतिक्रमण गरेका अझै ५ जनाको संरचना हटाउन बाँकी छ’ उनले भनीन् ‘जसमध्ये १ जनाले ३ वटा पक्की सटर निर्माण गरेका छन भने अरुले तरकारी खेती समेत गरेका छन ।
ति सबै संरचना हटाउन सव डिभिजन वनले ३ दिने सूचना निकाल्ने भनेको छ ।’सव डिभिजन वन कार्यालय अत्तरियाले अतिक्रमण हटाएको ठाउँमा तारबार गर्ने जनाएको छ । सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडाल पटक–पटक अतिक्रम हटाउन सूचना गरेपनि अटेर गरेपछि डोजर लगाएर अतिक्रमण हटाइएको बताए । उनले सामुदायिक वन मार्फत तारबार गरेर, सो ठाउँमा असार महिनामा वृक्षारोपण गरिने बताए ।अतिक्रमण हटाउने क्रममा स्थानियहरुले बिरोध समेत जनाएका थिए । अत्तरियाको पुर्वरोडमा सुरक्षा सामुदायिक वनले सिमाना छुट्याउन खोजेपछि स्थानीयको अवरोध समेत भएको थियो ।


