धनगढी। कैलालीमा युवकको विभत्स हत्या गरेको आरोपको आशंकामा एक जना पक्राउ परेका छन्। कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय युवक अर्जुन दासको बीभत्स हत्या आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
तर प्रहरीले नाम भने सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेद जोशीका अनुसार हत्या घटनामा संलग्नताको आशंकामा लम्की टीकापुर क्षेत्रबाट आइतबार बेलुका एक जनालाई नियन्त्रणमा लिइएको छ। शंकास्पद उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शनिवार जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा अरुणको बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। उनको विभत्स हत्यापछि एउटा अडियो बाहिरिएको थियो। हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।


