धनगढी। धनगढीमा अटो तथा ई-रिक्सा व्यवसायी आन्दोलित, भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पुष १ गते देखी जोरबिजोर प्रणाली लागु गरेको विरोधमा उनीहरूले धनगढीस्थित पार्क मोडमा चक्का जाम गर्नुका साथै धनगढी उपमहानगरपालीकामा प्रदर्शन गरेका छन्। भने रिक्सा चालकले धनगढीमा प्रदर्शन गर्दै उपमहानगरपालिका पनि घेराउ गरेका छन्। तत्काल जोरबिजोर खारेज गर्नुपर्ने लगायतका माग अटो तथा ई रिक्सा चालकले गरेका छन्। ‘दिनभर अटो चलाएर छाक टार्ने लाई एकदिन पनि अटो नचलाउदा समस्या हुने भएकाले जोरबिजोर प्रणाली तत्काल खारेज गर्नुपर्ने अटो चालक बाधुराम चौधरीले भने।
गत बिहीबार अटो तथा ई(रिक्साले जाम बढेको भन्दै जोरबिजोर प्रणाली लागू गरिएको थियो । धनगढी उपमहानगरपालीकाका अटो ब्यवसायी सर्घका अध्यक्ष मिनराज जोशीले जोरबिजोर प्रणालीले अटो ब्यवसायीमाथी समस्या हुने भएकोले यस्लाई खारेजीको माग गरे । धनगढीमा मात्रै २ हजार ५०० अटोहरु रहेको जानकारी दिए । अटो तथा ई-रिक्सा व्यवसायीको माग तत्काल सम्बोधन हुनुपर्छ उनले भने । ट्राफिक चौराहादेखि क्याम्पस रोडसम्म जोरबिजोर प्रणाली लागू गरिएको जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ ।
धनगढीमा अटो तथा ई-रिक्सा व्यवसायी आन्दोलित, चक्काजाम साथै उपमहानगरपालीका घेराउ
धनगढीमा अटो तथा ई-रिक्सा व्यवसायी आन्दोलित, चक्काजाम साथै उपमहानगरपालीका घेराउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु