कञ्चनपुर। कञ्चनपुरमा एक जना लागुऔषधसहित पक्राउ परेका छन्। आज साँझ साढे ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलिले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो।
कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर ४ पुरानो बसपार्कबाट सोहि नगरपालिका वडा नम्बर १८ बस्ने १८ वर्षीय अभिसेक दमाईलाई पक्राउ गरेको कञ्चपुर प्रहरीले जनाएको छ। पक्राउ परेका दमाईको साथबाट शिखर चुरोडको डिभ्बा भित्र तयार गरेको १३ वटा पुडियामा ०.६२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ। उनी माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।