धनगढी। धनगढीमा लागुऔषध सहित एक जना ब्यक्ती पक्राउ परेका छन् । सोमबार जिल्ला कारागार कैलालीमा रहेको लागु औषध मुद्दाको सिद्धार्थ बडेलालाई भेट्न भनि आएको धनगढी उपमहानगरपालीका ४ उत्तरवेहडी बस्ने २४ बर्षिय उत्तम सिंहलाई लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका हुन्।
जिल्ला कारागार कैलालीको गेटमा चेक जाँच गर्ने क्रममा निजको साथबाट १८० मिलिग्राम खैरो हिरोईन बरामद गरिएको छ । उनलाई खैरो हिरोईन सहित नियन्त्रणमा लिई लागु औषध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।