धनगढी। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ मा खाद्यान्न तथा राहत सामाग्री वितरण गरिएको छ। नेपाल परिवार दलको युवा नेता खडक नागरीको पहलमा र टीजुची फाउण्डेशनको सहयोगमा आज गोदावरी नगरपालिका वडा १२ मा ४० जनालाई खाद्यान्न तथा राहत सामाग्री वितरण गरिएको हो।
खाद्यान्न तथा राहत सामाग्री वितरणमा २५ केजि चामल १० केजि ज्ञान आटा मसुरको दाल , चना ,तेल,नुन,४ पिस साबुन राहत वितरण गरिएको परिवार दल सुदुरपश्चिम संयोजक तथा युवा नेता खडक नागरीले जानकारी दिए । खाद्यान्न तथा राहत सामाग्री वितरण गरिएपछि पिडीत ब्यक्तीहरु निकै खुसी भएका थिए। यसअघि सुदूरपश्चिमका बाढीपीडितलाई राहत वितरण गरिएको थियो । यस्तै नेपाल परिवार दलको युवा नेता खडक नागरीको पहलमा, बोधिसत्वा विहारको आयोजना र टीजुची फाउण्डेशन सहयोगमा धनगढी उपमहानगरपालिका १३ मा जेष्ठ नागरिक निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको थियो ।