कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध खैरो हिरोईन सहित ३ जना पक्राउ परेका छन् । आज दिउँसो ३ः ०० बजे कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १० सिसैया चोकबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सिसैया चोकमा लागुऔषधखैरो हिरोईनको कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नम्बर ५ का ३२ बर्षिय धन बहादुर धानुक, बेदकोट नगरपालीका ९ नयागाँउका २१ वर्षीय पारश थापा र कृष्णपुर–५ देखतभोलिकी १९ वर्षीया मनिषा बिष्ट रहेका छन्।
उनीहरको को साथबाट नगद रुपैयाँ सहित १.०१ ग्राम लागुऔषध (खैरो हिरोईन) बरामद गरिएको छ । उनीहरु तिनै जनालाई पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। साथै उनीहरुमध्ये धन बहादुर धानुक वारदात पुर्ब समेत फौजदारी अभियोगमा सजाय पाईसकेका ब्यक्ति हुन ।