अछाम। अछाममा एक जना युवक मृत भेटिएका छन्। मृत भेटिनेमा अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझका गगन जनाला रहेका छन्। उनी अछामको गैटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका हुन्।
जिल्लाको मध्यपहाडि लोक मार्ग अन्तर्गत पर्ने ठाँटिखाँद गैटाँड सडक खण्डको बुदेखोला नजिकै मोटरसाईकल सहित मृत अवस्थामा भेटिएका हुन् । सडक भन्दा केहि मिटर तल मोटरसाइकल सहित उनी मृत अवस्थामा भेटिएको बताईएको छ । घटनाबारे थप बिवरण आउँन बाँकी छ ।
।

